Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

प्रधानसेनापति ट्रफी प्रतियोगिता शुरु


काठमाडौँ।   आईतवारबाट नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति ट्रफी प्रतियोगिता शुरु भएको हो । हरेक वर्ष नेपाली सेनाले प्रधानसेनापति ट्रफी प्रतियोगिता गर्दै आएको छ । सोही बमोजिम यस वर्ष पनि भदौ ३० गतेदेखि असोज १५ गतेसम्म प्रधानसेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुने आईतवार पत्रकार सम्मेलनमार्फत नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति ट्रफी प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गर्नुभयो । नेपाली सेनाले विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले २०६५ सालबाट ६ वटा विधाहरु समावेश गरी प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता शुरु गरेको थियो । यस वर्ष भने ८ विधा रहेको सेनाले जनाएको छ ।

जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश छन् । नेपाली सेनाका सक्कल दर्जाको शारीरिक तथा मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, शाहसिक, पेशेवर तथा नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने फौज तयार गर्न खेलकुदले एक प्रेरणादायी भुमिका निर्वाह गरेको प्रधानसेनापति सिग्देलले बताउनु भयो । खेलकुदले सैनिकको आत्मभरोसा अभिवृद्धि गरी सामुहिक भावनाको विकास गर्दै एकढिक्कापन कायम राख्न मद्दत गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?