Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रधानसेनापति ट्रफी प्रतियोगिता शुरु


काठमाडौँ।   आईतवारबाट नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति ट्रफी प्रतियोगिता शुरु भएको हो । हरेक वर्ष नेपाली सेनाले प्रधानसेनापति ट्रफी प्रतियोगिता गर्दै आएको छ । सोही बमोजिम यस वर्ष पनि भदौ ३० गतेदेखि असोज १५ गतेसम्म प्रधानसेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुने आईतवार पत्रकार सम्मेलनमार्फत नेपाली सेनाले जानकारी दिएको छ । प्रधानसेनापति ट्रफी प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले शुभारम्भ गर्नुभयो । नेपाली सेनाले विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले २०६५ सालबाट ६ वटा विधाहरु समावेश गरी प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता शुरु गरेको थियो । यस वर्ष भने ८ विधा रहेको सेनाले जनाएको छ ।

जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश छन् । नेपाली सेनाका सक्कल दर्जाको शारीरिक तथा मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, शाहसिक, पेशेवर तथा नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने फौज तयार गर्न खेलकुदले एक प्रेरणादायी भुमिका निर्वाह गरेको प्रधानसेनापति सिग्देलले बताउनु भयो । खेलकुदले सैनिकको आत्मभरोसा अभिवृद्धि गरी सामुहिक भावनाको विकास गर्दै एकढिक्कापन कायम राख्न मद्दत गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?