Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

चीन र भारतको बढ्दो विकासले पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा पर्योः महासचिव पोखरेल


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताउनुभएको छ ।आईतवार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा चीन र भारत अगाडि आइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श शुरु गर्नुपर्छ भन्ने लाग्छ । त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा हाम्रा दुई वटा छिमेकीहरु अगाडि आउन खोजिरहेका छन् । चीन र भारत । र स्वभाविक रुपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ । अब हामीले पश्चिमको आँखाबाट होइन एशियाको आँखाबाट नेपालको समृद्धिका सपनाहरू देख्न थाल्नुपर्दछ । योजना बनाउन थाल्नुपर्दछ । यसरी नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढाउने सम्भावनाहरू देखापरेका छन् भन्ने मान्यताका आधारमा हामीले चिन्तन गर्नुपर्ने हुन्छ ।’

उहाँले अब पश्चिमाको आँखाबाट नभइ एशियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने बताउनु भयो । नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढ्नुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?