Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

इजिप्टमा रेल ठोक्किँदा ३ जनाको मृत्यु, ४९ घाइते


काठमाडौँ। इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

साथै अन्य ४९ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४४ घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।  पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मन्त्रालयले यसअघि सार्कियाको जागाजिग शहरमा भएको दुर्घटनास्थलमा ३९ वटा एम्बुलेन्सलाई घाइतेको उद्दारका लागि पठाइएको जनाएको थियो । शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुईवटा रेलबाट सबै यात्रुहरूलाई बाहिर निकालिएको छ ।

इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारणहरू पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन गरिएको बताइएको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?