Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ: आर्थिक मामिलामन्त्री काफ्ले


काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने समेत उल्लेख गरे।

कांग्रेस संस्थापकसमेत रहेका बीपीको मूल सिद्धान्त नै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भएको उल्लेख गर्दै मन्त्री काफ्लेले लोकतन्त्र बलियो बनाउन सके मात्रै जनतामा खुसीको सञ्चार हुने बताए। मुलुकको आर्थिक उन्नतिका पनि लोकतन्त्र अपरिहार्य रहेको उनको भनाइ छ।

राज्यले नागरिकका समस्यालाई सहानुभूति दिन नसकिरहेकाले अब कांग्रेसले नागरिकका समस्यामा केन्द्रित भएर राजनीति गर्नुपर्ने काफ्लेले उल्लेख गरे। ‘नागरिकका थुप्रै समस्या छन्। गुनासाहरू पनि छन्। अझै पनि राज्यले नागरिकको पीरमर्का महसुस गर्न सकेको छैन,’ मन्त्री काफ्लेले भने, ‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ। नागरिकका मुद्दालाई सम्बोधन गर्नु नै लोकतन्त्रको असली मर्म हो।’

शिक्षा, स्वास्थ्य, र रोजगारीका विषयमा राज्यले गर्न सक्ने काम पनि हाल भइनरहेको उल्लेख गर्दै मन्त्री काफ्लेले अब कांग्रेसको राजनीतिक मुलुक र जनताको आर्थिक उन्नतिका विषयमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे।

कांग्रेसमा पनि कतिपय मुद्दामा अझसम्म पनि समस्या रहेको बताएका केन्द्रीय सदस्य काफ्लेले समस्या मात्र नभएर कांग्रेससँग समाधानका उपायसमेत भएको उल्लेख गरे।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?