Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आज मिति २०८१ साल भदौ २९ गते शनिबार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल भदौ २९ गते शनिबार( 14  sep, 2024)  भाद्र शुक्लपक्ष एकादशी १६:२६ बजेसम्म, त्यसपछी द्वादशी

मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्रस्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ ।

बृष – परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ ।

मिथुन – अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यावसाय भने फस्टाएर जानेछ ।

कर्कट – व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिंह – गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

कन्या – खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ ।

तुला – कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्रणय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् ।

बृश्चिक – प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ ।

धनु – पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित विषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ ।

मकर – बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ ।

कुम्भ – घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न ।

मीन – आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आयआर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ ।


प्रकाशित मिति: २९ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?