Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा


एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाएका छन् । ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताएका छन्  ।

बहस पर्यवेक्षकहरूको सिएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ । फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् । पाँच जनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाए ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?