Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा


एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाएका छन् । ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताएका छन्  ।

बहस पर्यवेक्षकहरूको सिएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ । फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् । पाँच जनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाए ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?