Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्थानीय तह नै समुन्नत नेपालको जग होः उपसभापति गुरुङ


काठमाडौं। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले स्थानीय तह नै समुन्नत नेपालको जग भएको बताएका छन् । उनले जग बलियो नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गरेको भन्दै अहिले पनि विशेष परिस्थितिका कारण नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्।

उनले भने, ‘वास्तवमा समुन्नत नेपालका लागि स्थानीय तह भनेको जग हो । जबसम्म जग बलियो हुँदैन तबसम्म समुन्नत नेपालको परिकल्पना गर्न सकिँदैन । त्यसकारण जग नै बलियो बनाउनका लागि तपाईंहरुले जुन कर्म गर्नुभएको छ । जसरी मेहनत गर्नुभएको छ । जसरी लाग्नुभएको छ । लागैकै र मेहनत गरेकै कारणले नेपाली काँग्रेसले धेरै विधामा उत्कृष्ट हुन सकेको छ । विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गर्दछन् ।’

उपसभापति गुरुङले मुलुक खतरामा परिरहेको बेलामा अहिले दई ठूला राजनीतिक दलहरु मिलेर अस्थिरताको अन्त्य गर्दै सरकार बनाएको बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?