Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

स्थानीय तह नै समुन्नत नेपालको जग होः उपसभापति गुरुङ


काठमाडौं। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले स्थानीय तह नै समुन्नत नेपालको जग भएको बताएका छन् । उनले जग बलियो नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गरेको भन्दै अहिले पनि विशेष परिस्थितिका कारण नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्।

उनले भने, ‘वास्तवमा समुन्नत नेपालका लागि स्थानीय तह भनेको जग हो । जबसम्म जग बलियो हुँदैन तबसम्म समुन्नत नेपालको परिकल्पना गर्न सकिँदैन । त्यसकारण जग नै बलियो बनाउनका लागि तपाईंहरुले जुन कर्म गर्नुभएको छ । जसरी मेहनत गर्नुभएको छ । जसरी लाग्नुभएको छ । लागैकै र मेहनत गरेकै कारणले नेपाली काँग्रेसले धेरै विधामा उत्कृष्ट हुन सकेको छ । विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गर्दछन् ।’

उपसभापति गुरुङले मुलुक खतरामा परिरहेको बेलामा अहिले दई ठूला राजनीतिक दलहरु मिलेर अस्थिरताको अन्त्य गर्दै सरकार बनाएको बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?