Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

संविधान पुनरावलोकन गर्नुपर्छः महामन्त्री थापा


काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई आफूहरुले थप बिस्तार गर्न चाहेको बताएका छन् । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताए। उनले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।

महामन्त्री थापाले निर्वाचित भएको प्रतिनिधि र पार्टीको बीचमा हुनुपर्ने हार्दिकता धेरै ठाउँमा नपाएको गुनासो गरेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?