Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

संविधान पुनरावलोकन गर्नुपर्छः महामन्त्री थापा


काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई आफूहरुले थप बिस्तार गर्न चाहेको बताएका छन् । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताए। उनले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताए ।

महामन्त्री थापाले निर्वाचित भएको प्रतिनिधि र पार्टीको बीचमा हुनुपर्ने हार्दिकता धेरै ठाउँमा नपाएको गुनासो गरेका छन् ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?