Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

जोर्डनको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक


एजेन्सी। जोर्डनको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष मुसा मायताहले देशको २० औं संसदीय निर्वाचनको प्रारम्भिक नतिजा घोषणा गरेका छन् । स्वतन्त्र निर्वाचन आयोगको आयुक्त मण्डलले स्थानीय निर्वाचन जिल्ला र सामान्य जिल्लाको प्रारम्भिक नतिजालाई अन्तिम नतिजा राजपत्रमा प्रकाशित गर्ने भएकाले स्वीकृत गर्ने निर्णय गरेको छ ।

मङ्गलवारको निर्वाचनमा ५१ लाख योग्य मतदातामध्ये १६ लाखभन्दा बढीले सहभागिता जनाएकामा ३२.१३ प्रतिशत मतदाता रहेको बताइएको छ । कोटा प्रणाली मार्फत १८ सहित संसदमा कुल २७ महिला सिट प्राप्त भएको छ । जसले अघिल्लो व्यवस्थापिकाको महिला प्रतिनिधित्वलाई प्रभावकारी रूपमा दोब्बर बनाएको छ । ६ युवा उम्मेदवारहरू निर्वाचित भएका छन् । ३१ वटा दलसँग आवद्ध उम्मेदवारहरूले १०४ सिट जितेका छन् ।

मंगलवारको चुनाव जोर्डनको नयाँ चुनावी कानून अन्तर्गत पहिलो हो । २०२२ मा पेश गरिएको थियो । जसले सांसदहरूको संख्या १३० बाट १३८ मा बढाएको छ । महिला र युवा उम्मेदवारहरूको प्रतिनिधित्व बढाउने लक्ष्य राखेको छ ।

अन्तिम नतिजा आगामी दिनमा राजपत्रमा प्रकाशित हुनेछ ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?