Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

विराट गोल्डकपः एपिएफ विजयी


१२ चैत्र ,मोरङ । विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ ।

उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २–१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले रु १० लाख २५ हजार नगद राशि प्राप्त गर्ने छ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?