Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भियतनाममा यागी आँधीका कारण ८२ जनाको मृत्यु


सिन्ह्वा। भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलवार दिउँसो ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लाओ काई प्रान्तका १९, येन बाई प्रान्तका २२, क्वाङ निन्ह प्रान्तका ९ जना समेत रहेको बताइएको छ । अन्य मृत्यु राजधानी हनोई, हाई फोङ शहर, होआ बिन, हाई डुओङ, लाङ सन, टुएन क्वाङ, हा जियाङ र लाइ चाउ प्रान्तका थिए ।

मन्त्रालयको डाइक व्यवस्थापन तथा विपद् रोकथाम तथा नियन्त्रण विभागका अनुसार शक्तिशाली हावासहितको आँधी यागीले तटीय प्रान्त क्वाङ निन्ह र हाई फोङ सहरका ४८ हजार ३३७ घरमा क्षति पु¥याएको छ ।

उत्तरी क्षेत्रमा मंगलवार र बुधवार पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?