Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

भियतनाममा यागी आँधीका कारण ८२ जनाको मृत्यु


सिन्ह्वा। भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलवार दिउँसो ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लाओ काई प्रान्तका १९, येन बाई प्रान्तका २२, क्वाङ निन्ह प्रान्तका ९ जना समेत रहेको बताइएको छ । अन्य मृत्यु राजधानी हनोई, हाई फोङ शहर, होआ बिन, हाई डुओङ, लाङ सन, टुएन क्वाङ, हा जियाङ र लाइ चाउ प्रान्तका थिए ।

मन्त्रालयको डाइक व्यवस्थापन तथा विपद् रोकथाम तथा नियन्त्रण विभागका अनुसार शक्तिशाली हावासहितको आँधी यागीले तटीय प्रान्त क्वाङ निन्ह र हाई फोङ सहरका ४८ हजार ३३७ घरमा क्षति पु¥याएको छ ।

उत्तरी क्षेत्रमा मंगलवार र बुधवार पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?