Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट


सिन्ह्वा। रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ ।

रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ । मस्को क्षेत्रका गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात मस्को क्षेत्रको रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणको परिणामस्वरूप क्षतिग्रस्त भएको थियो ।

प्रारम्भिक जानकारी अनुसार एक महिलाको मृत्यु भएको छ । तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ भने४३ जनालाई अस्थायी आवास केन्द्रमा राखिएको छ । रक्षा मन्त्रालयले तुला क्षेत्रमा १३, बेल्गोरोड क्षेत्रमा आठ, कालुगा क्षेत्रमा सात, भोरोनेज क्षेत्रमा पाँच, लिपेत्स्क क्षेत्रमा चार र ओरियोल क्षेत्रमा एक वटा ड्रोन नष्ट भएको जनाएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?