Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

जोर्डनको संसदीय निर्वाचनमा ३२.१ प्रतिशत मतदान


सिन्ह्वा। प्रतिनिधित्व सुधार गर्न डिजाइन गरिएको नयाँ निर्वाचन कानून अन्तर्गत जोर्डनको पहिलो संसदीय चुनावमा मतदान ३२.१ प्रतिशत मतदान भएको छ । देशको स्वतन्त्र निर्वाचन आयोगले मतदान सकिएसँगै मतगणना प्रक्रिया शुरु भएको जनाएको छ ।

मतदानमा पुरुष मतदाताको ३५ दशमलव ६ प्रतिशत र महिला मतदाताको २९ दशमलव १ प्रतिशत रहेको उल्लेख गरेको छ । आयोगका प्रवक्ता मोहम्मद खैर अल–रावसदेहले २०२२ मा ल्याइएको नयाँ कानूनले सांसदको संख्या १३० बाट १ सय ३८ पुर्याउने र महिला तथा युवाको प्रतिनिधित्वको लागि कोटा बढाउने व्यवस्था गरेबमोजिम मतदान सम्पन्न भएको बताएका छन् ।

कानून अनुसार प्रत्येक राजनीतिक दलको उम्मेदवार सूचीमा प्रत्येक तीन उम्मेदवारका लागि कम्तिमा एक महिला र शिर्ष पाँच पदमा ३५ वर्षमुनिका एक व्यक्ति समावेश गर्नुपर्नेछ । साथै शासनमा युवा सहभागिता बढाउने उद्देश्यले संसदीय उम्मेदवारको न्यूनतम उमेर ३० बाट २५ वर्षमा झारिएको छ ।

यस वर्षको संसदीय चुनावलाई जोर्डनको राजनीतिक संक्रमणको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ । मतदाताहरूले महत्वपूर्ण सुधारको आशा गरेका छन् । उनीहरले युवाहरु चुनावमा प्रतिष्पर्धा गर्नु राम्रो भएको बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?