Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जोर्डनको संसदीय निर्वाचनमा ३२.१ प्रतिशत मतदान


सिन्ह्वा। प्रतिनिधित्व सुधार गर्न डिजाइन गरिएको नयाँ निर्वाचन कानून अन्तर्गत जोर्डनको पहिलो संसदीय चुनावमा मतदान ३२.१ प्रतिशत मतदान भएको छ । देशको स्वतन्त्र निर्वाचन आयोगले मतदान सकिएसँगै मतगणना प्रक्रिया शुरु भएको जनाएको छ ।

मतदानमा पुरुष मतदाताको ३५ दशमलव ६ प्रतिशत र महिला मतदाताको २९ दशमलव १ प्रतिशत रहेको उल्लेख गरेको छ । आयोगका प्रवक्ता मोहम्मद खैर अल–रावसदेहले २०२२ मा ल्याइएको नयाँ कानूनले सांसदको संख्या १३० बाट १ सय ३८ पुर्याउने र महिला तथा युवाको प्रतिनिधित्वको लागि कोटा बढाउने व्यवस्था गरेबमोजिम मतदान सम्पन्न भएको बताएका छन् ।

कानून अनुसार प्रत्येक राजनीतिक दलको उम्मेदवार सूचीमा प्रत्येक तीन उम्मेदवारका लागि कम्तिमा एक महिला र शिर्ष पाँच पदमा ३५ वर्षमुनिका एक व्यक्ति समावेश गर्नुपर्नेछ । साथै शासनमा युवा सहभागिता बढाउने उद्देश्यले संसदीय उम्मेदवारको न्यूनतम उमेर ३० बाट २५ वर्षमा झारिएको छ ।

यस वर्षको संसदीय चुनावलाई जोर्डनको राजनीतिक संक्रमणको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ । मतदाताहरूले महत्वपूर्ण सुधारको आशा गरेका छन् । उनीहरले युवाहरु चुनावमा प्रतिष्पर्धा गर्नु राम्रो भएको बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?