Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैनः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताएका छन्  ।

मंगलवार वीरगञ्जमा नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बिस्तारित क्यानस्र उपचार सेवाको उद्घाटन गर्दै उनले जनशक्ति थप्ने मन हुँदाहुँदै पनि राज्यको आर्थिक अवस्थाका कारण सम्भव नरहेको बताए । उनले एकै पटक सय जना चिकित्सक र नरायणी अस्पताललाई आवश्यक नर्सहरुको दरबन्दी सिर्जना गरी थप्ने मन भएपनि देशको आर्थिक अवस्थाले नदिने बताउदै अस्पतालमा आवश्यक उपकरण भरिभराउ गर्ने इच्छा भएपनि आर्थिक अवस्था राम्रो नरहेको बताएका छन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन । अब जनशक्ति थप्ने मन मेरो पनि थियो । एकै चोटी सय जना डाक्टरको दरबन्दी सिर्जना गरेर सय जना डाक्टरलाई नारायणी अस्पतालमा आवद्ध गर्ने मन मेरो पनि थियो । आवश्यक नर्सहरुको नियुक्ति गराउने मन मेरो पनि थियो । तर राज्यको आर्थिक अवस्थाका कारणले अहिले त्यो सम्भव हुने देखिँदैन ।’

मन्त्री पौडेलले भएका पूर्वाधारलाई व्यवस्थित गर्ने र भएका जनशक्तिबाट सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्  ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?