Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैनः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति नरहेको बताएका छन्  ।

मंगलवार वीरगञ्जमा नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बिस्तारित क्यानस्र उपचार सेवाको उद्घाटन गर्दै उनले जनशक्ति थप्ने मन हुँदाहुँदै पनि राज्यको आर्थिक अवस्थाका कारण सम्भव नरहेको बताए । उनले एकै पटक सय जना चिकित्सक र नरायणी अस्पताललाई आवश्यक नर्सहरुको दरबन्दी सिर्जना गरी थप्ने मन भएपनि देशको आर्थिक अवस्थाले नदिने बताउदै अस्पतालमा आवश्यक उपकरण भरिभराउ गर्ने इच्छा भएपनि आर्थिक अवस्था राम्रो नरहेको बताएका छन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयको सबै स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति छैन । अब जनशक्ति थप्ने मन मेरो पनि थियो । एकै चोटी सय जना डाक्टरको दरबन्दी सिर्जना गरेर सय जना डाक्टरलाई नारायणी अस्पतालमा आवद्ध गर्ने मन मेरो पनि थियो । आवश्यक नर्सहरुको नियुक्ति गराउने मन मेरो पनि थियो । तर राज्यको आर्थिक अवस्थाका कारणले अहिले त्यो सम्भव हुने देखिँदैन ।’

मन्त्री पौडेलले भएका पूर्वाधारलाई व्यवस्थित गर्ने र भएका जनशक्तिबाट सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्  ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?