Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनायोः उपराष्ट्रपति यादव


काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् ।

मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम रहेको बताएका छन् । उनले कृषि क्षेत्र युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको बताए । उनले कृषि क्षेत्रमा युवालाई सक्रिय रुपमा सहभागी गराउनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। उनले कृषि खाद्य प्रणालीमा नयाँ युगको नेतृत्व युवाहरुकै हातमा रहेको बताउदै कृषि खाद्य प्रणालीमा नाफामात्र नभइ गरिवी निवारण, क्षेत्रीय विकास, सामाजिक रुपान्तरण, नविनता प्रवद्र्धन र विज्ञान तथा प्रविधिको प्रयोगमा जोड दिन एवं युवालाई नेतृत्वदायि भुमिका खेल्न आह्वान गरेका छन् ।

उनले भने, ‘हामीले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएका छौँ । तथापि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम छ । यस क्षेत्रमा धेरैजसो गरिव परिवारको निर्भरता रहेको छ । बदलिँदो जलवायुले हाम्रो वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको छ । साथै यो क्षति युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ ।’

उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित र लगानीमा प्रोत्साहन, साझा लगानीको पहल र विज्ञान, नवप्रवर्तन तथा सामुहिक समावेशीकरणमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?