Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानविन हुन्छः गगन थापा


काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानविन हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताउदै संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानविन गर्न आग्रह गर्नुभएको भन्दै संसदीय समिति बनाएर छानिवन गर्न झनै सहज भएको बताएका छन् । उनले नाम जोडिएपछि छानविनको दायरामा आउने बताए ।

महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले काँग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?