Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भारतीय दुतावासद्वारा निर्मित विद्यालय भवनहरुको अभिलेखीकरण छैनः मन्त्री भट्टराई


काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भारतीय दुतावासद्वारा निर्मित विद्यालय भवनहरुको अभिलेखीकरण सरकारसँग नभएको बताएकी छिन् ।

हालसम्म भारतीय दुतावासले अर्थ मन्त्रालयबाट स्वीकृति लिने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा मन्त्रालयलाई जानकारी गराएर विद्यालय भवन निर्माणलगायतको काम गर्ने गरेको भएपनि त्यसलाई अभिलेखमा राख्ने प्रणालीको भने विकास नभएको बताइन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद निशा डाँगीले भारतीय दुतावासले विभिन्न विद्यालयका निर्माणाधिन भवनहरु अलपत्र पारेको उल्लेख गर्दै त्यस्ता विद्यालयहरुको संख्या कति छन् ? भनेर मन्त्री भट्टराईलाई प्रश्न गरेकी थिइन् । त्यसको जवाफ दिँदै उनले त्यसको आधिकारिक अभिलेख सरकारसँग नभएको बताएकी छिन् । उनले अव आफूले त्यसलाई अभिलेखीकरण गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने पनि बताएकी छिन् ।

मन्त्री भट्टराईले भनिन्, ‘म माननीयज्यूलाई धन्यवाद दिँदै के भन्न चाहन्छु भने–अहिलेसम्म हाम्रो प्रणाली भित्र यसलाई समावेश गरिएको छैन । किनकी स्थानीय तहमार्फत खासगरी अर्थ मन्त्रालयबाट स्वीकृति लिने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराउने, त्यसपछि शिक्षा मन्त्रालयमा जानकारी गराउने मात्रै भएको तर त्यसको रेकर्ड आजसम्म नभएको अवस्था रहेको छ । र म के अनुरोध गर्न चाहन्छु भने म आईकसेपछि पछाडि खासगरी भारतीय दुतावासमार्फत कति विद्यालयहरुमा बसहरु पठाइएको छ । कति विद्यालयहरुमा रकम पठाएर भवन निर्माणका कामहरु भएको छ ? भन्ने जानकारी लिने क्रममा यो विद्यालयको पनि जानकारी प्राप्त गरेको छु । अव हामी संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग बसेर छलफल गरेर हामी एउटा प्रणाली विकास गर्नेछौं भन्ने कुरा म माननीयज्यूलाई अनुरोध गर्न चाहन्छु ।’

मन्त्री भट्टराईले भारतीय दुतावासले नेपालमा विभिन्न विद्यालयहरुमा दिएको सवारी साधनलगायतका भौतिक सामग्रीहरुको पनि अभिलेखीकरण गर्ने कामलाई आफूले अघि बढाउने बताइन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?