Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नुः वामदेव गौतम


काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधानले समाजवाद निर्माण गर्न राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको बताउदै उनले माजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्दासमेत समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको बताएका छन्  । यसबीचमा कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको र आलोपालो जारी रहेको बताए ।

उनले भने , ‘नेपालको संविधानले समाजवाद निर्माण गर्ने राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको छ । समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम हो । यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेका छन् । समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्यो । यसबीच कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको छ । आलोपालो जारी छ । तर समाजवादी उत्पादन पद्धति विकास गर्ने योजनासम्म पनि संसदमा प्रश्तुत भएको छैन । प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नु ?’ 

समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम भएको बताउदै उनले यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेको बताएका छन्  ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?