Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नुः वामदेव गौतम


काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधानले समाजवाद निर्माण गर्न राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको बताउदै उनले माजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्दासमेत समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको बताएका छन्  । यसबीचमा कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको र आलोपालो जारी रहेको बताए ।

उनले भने , ‘नेपालको संविधानले समाजवाद निर्माण गर्ने राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको छ । समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम हो । यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेका छन् । समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्यो । यसबीच कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको छ । आलोपालो जारी छ । तर समाजवादी उत्पादन पद्धति विकास गर्ने योजनासम्म पनि संसदमा प्रश्तुत भएको छैन । प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नु ?’ 

समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम भएको बताउदै उनले यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेको बताएका छन्  ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?