Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियोः गगन थापा


काठमाडौं। नेपाल काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने विपीको सोच रहेको बताएका छन् । उनले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताए । उनले स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको बताएका छन् । उनले स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गर्नुभएको बताउदै उनले विपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सार्नुभएको स्मरण गगरेका छन् ।

उनले भने, ‘विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा भनेको व्यक्तिको स्वतन्त्रता हो । वैयक्तित स्वतन्त्रता हो । स्वतन्त्रता नभइकन समानता सम्भव छैन । समानताको पूर्वशर्त भनेको स्वतन्त्रता हो । एउटै मात्र मन्त्र भनेर नौजवानलाई भन्नुप¥यो भने, तिम्रो विपीले के भन्नुहुन्थ्यो भन्यो भने एक लाइनमा भन्नुपर्दा म यही भन्छु । स्वतन्त्रता सबैभन्दा मुख्य तत्व हो । स्वतन्त्रता समानताको पूर्वशर्त हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जुन समानताको कुरा गर्छौं, त्यसको पूर्वशर्त भनेको स्वतन्त्रता हो । त्यो स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रह्यो । त्यो समानताका लागि विपीले प्रयास र प्रयत्न गर्नुभयो । तर स्वतन्त्रतामा टेकेर । जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता छैन ।’

महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताए।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?