Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियोः गगन थापा


काठमाडौं। नेपाल काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने विपीको सोच रहेको बताएका छन् । उनले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताए । उनले स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको बताएका छन् । उनले स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गर्नुभएको बताउदै उनले विपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सार्नुभएको स्मरण गगरेका छन् ।

उनले भने, ‘विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा भनेको व्यक्तिको स्वतन्त्रता हो । वैयक्तित स्वतन्त्रता हो । स्वतन्त्रता नभइकन समानता सम्भव छैन । समानताको पूर्वशर्त भनेको स्वतन्त्रता हो । एउटै मात्र मन्त्र भनेर नौजवानलाई भन्नुप¥यो भने, तिम्रो विपीले के भन्नुहुन्थ्यो भन्यो भने एक लाइनमा भन्नुपर्दा म यही भन्छु । स्वतन्त्रता सबैभन्दा मुख्य तत्व हो । स्वतन्त्रता समानताको पूर्वशर्त हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जुन समानताको कुरा गर्छौं, त्यसको पूर्वशर्त भनेको स्वतन्त्रता हो । त्यो स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रह्यो । त्यो समानताका लागि विपीले प्रयास र प्रयत्न गर्नुभयो । तर स्वतन्त्रतामा टेकेर । जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता छैन ।’

महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताए।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?