Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखबिरुद्ध महाअभियोग लगाउँदैछन्ः अध्यक्ष लिङदेन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पु¥याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाएका छन् ।

मंगलवार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताए। उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको बताउदै उनले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ, खाऔ भन्ने बाटोमा गइरहेको आरोप लगाएका छन् । उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताए ।

उनले भने, ‘मलाई सचेतकले भनिरहनुभएको थियो, काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पा¥यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पु¥याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुप¥यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुप¥यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् । देश प्राथमिकतामा छैन उनीहरुको ।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताउदै यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे। देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको बताउदै उनले  आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताएका छन्  ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?