Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखबिरुद्ध महाअभियोग लगाउँदैछन्ः अध्यक्ष लिङदेन


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पु¥याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै बिरोध जनाएका छन् ।

मंगलवार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताए। उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरु सच्चिने बाटोमा नगएको बताउदै उनले राजनीतिक दलहरु फेरि पनि जति सकिन्छ लुटौँ, खाऔ भन्ने बाटोमा गइरहेको आरोप लगाएका छन् । उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताए ।

उनले भने, ‘मलाई सचेतकले भनिरहनुभएको थियो, काँग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पा¥यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पु¥याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुप¥यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुप¥यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् । देश प्राथमिकतामा छैन उनीहरुको ।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताउदै यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे। देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको बताउदै उनले  आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताएका छन्  ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?