Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरीः सभापति देउवा


काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापती देउवाले प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गरेका छन् । उनले विपी कोईरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गरेका छन् । उनले विपीलाई ज्ञान नभएको विषय नै नरहेको बताए । उनले विपी धेरै विषयको ज्ञानी भएपनि समयानुसार केही कुराहरु परिवर्तन हुने बताए । उनले विपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दुध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताए। उनले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दुध पिउन पाउनुपर्छ भन्नेकुरा महत्वपूर्ण रहेको बताउदै विपी कोईराला अलराउण्डर भएको समेत बताएका छन् ।

उनले भने, ‘विपी कोईराला सानो देशको ठूलो नेता हो । उहाँलाई ज्ञान नभएको विषय नै थिएन । धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो । कति कुराहरु समयअनुसार पनि चेन्ज हुन्छ । जस्तै उहाँले गाई पाल्ने कुरा गर्नुभएको थियो । आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ । आज गाई पाल्नु भन्दा पनि दुध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो । घरघरमा दुध बालबच्चाले पाउन् भनेको मतलव गाई पाल्नु भन्दा पनि बालबालिकालाई दुध खुवाउनु ठूलो कुरा हो । आज डेरी कन्सेप्ट ठूलो कुरा हो । समयमा धेरै कुरा चेन्ज हुन्छन् । विपी कोईराला अलराउण्डर हो । साहित्यमा त्यत्तिकै उत्कृष्ट ह्ुनुहुन्थ्यो । विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ ।’

सभापति देउवाले विपीले छोडेर गएका प्रजातान्त्रिक समाजवादलाई अध्ययन गरी बिस्तार गर्न आवश्यक रहेको बताउदै विपी जस्तो नेता अहिलेसम्म अरु पार्टीमा नजन्मिएको बताए।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?