Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्नः बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?


काठमाडौं।  नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताए । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गरेका छन् । उनले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराएका छन्।

उनले भने, ‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन् । उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् की हवाई जहाज चढाएर ल्याउँछन् । बंगलादेशको आन्दोलन ल्याउँछु भन्दैछन् ।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?