Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्नः बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?


काठमाडौं।  नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताए । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गरेका छन् । उनले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराएका छन्।

उनले भने, ‘विदेशी मुद्राको सञ्चिति खत्तम छ भनेर हल्ला मच्चाएका छन् । देश श्रीलंका जस्तो हुन्छ, नेपाल श्रीलंका जस्तो बन्छ भन्नेहरु पनि छन् । उनीहरुका लागि विदेशी मुद्राको सञ्चिति बढेर गएको छ । अहिले अर्कोथरीले बंगलादेशको हल्ला गर्दैछन्, बंगलादेश जस्तो नेपालमा ल्याउने, बंगलादेश नेपालमा रेल चढाएर ल्याउँछन् की हवाई जहाज चढाएर ल्याउँछन् । बंगलादेशको आन्दोलन ल्याउँछु भन्दैछन् ।’

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?