Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

उपसभामुख रानालाई माओवादी केन्द्रको साथ: नडराउन आग्रह


काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताए। उनले सहमतीको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राखेका छन् ।

उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताउदै उनले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गरेका छन् । उनले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरेका छन् ।

उनले भने, ‘एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको । सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडी बढ्न सक्दैन । यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन । त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ । प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले । राजीनामा दिन तयार हुनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो । वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टि स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ ? छानविन होस् । एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने ?’

उनले उपसभामुख रानालाई नडराउन आग्रह गर्दै माओवादी केन्द्र साथमा रहेको बताएका छन्।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?