Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छः भारतीय अभिनेता नवाजुद्दिन


काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् ।

सोमवार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताउदै उनले  निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरेका छन्  ।

उनले भने , ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन् । जो अहिले पनि छन् । अब उनीहरुले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’

अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?