Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

माधव नेपालको प्रष्टोक्तिः कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन


काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन् ।

अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका छन् । उनले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताए ।

यद्यपी निर्वाचनमा दश प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरु हार्ने र नाम नपरेकाहरु जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उनको भनाई छ । उनले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रश्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताएका छन् । सबैले निर्वाचनको माग गरेपछि निर्वाचन गर्न बाध्य भएको उनले बताए । अध्यक्ष नेपालले उम्मेदवारहरुले नै आफूलाई तटस्थ बस्न आग्रह गरेको भन्दै सोही अनुरुप आफू तटस्थ बसेको उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने बताउदै उनले सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छे पार्टीको मान्छे हो कि होइन भन्नेमै प्रश्न उठ्ने बताएका छन् । उनले पार्टीप्रति बफादार नभएको मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ ? भनि प्रश्न समेत गरेका छन् । उनले पार्टीमा असन्तुष्ट नेताहरुलाई फकाइरहेको बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?