Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष लिङ्देनले चाडवाड नजिकिदै गर्दा सबै उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि भइरहेको बताउदै उनले सरकारले जनजिविका र जनताको समस्याहरुमा ध्यान केन्द्रित गर्न नसकेको बताएका छन्।  संक्षिप्त कुराकानी गर्दै उनले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्  ।

उनले भने, ‘अहिले तपसिलका विषयहरुमा सरकार केन्द्रित भइराखेको छ । जनजीविकाका विषयहरुमा, जनताका दैनिक समस्याहरुमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडवाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दापनि कयौँ गुणा मूल्यवृद्धि भएको छ । एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुमगन गरोस् । सरकारले उपभोक्ताको हितलाई ध्यान देओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताएका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?