Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भएः सांसद तामाङ


काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले सरकारले वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित भएका बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले सरकारको मुख्य काम थिति बसाल्ने र कानुनको कार्यान्वयन गर्ने भएपनि त्यसो हुन नसकेको बताउदै उनले सरकारले बरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित हुनु परेको बतायेका छन्।

सांसद तामाङले अन्य नियुक्तिहरुमा पनि वरियताक्रम मिच्ने काम भएको बताउदै प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका बताएका छन्। उनले मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको पनि बताएका छन् ।

उनले भने, ‘सरकारले गर्नुपर्ने मुख्य कुराहरु के हुन् ? थिति बसाल्ने कुरा हो । कानूनको कार्यान्वयन गर्ने कुरा हो । तर मुख्य सचिव बनाउँदाखेरी बरियताक्रम मिच्ने काम ग¥यो । जसको कारणले गर्दा अरु सचिवहरुले आतंकित हुनुपर्ने, राजीनामा दिनुपर्नेखालका कुराहरु आए । हिजो मात्रै खेलकुद परिषद् अन्तर्गत खेलकुद विभागमा वरियताक्रम मिचेर नियुक्ति गरेको कारणले वरिष्ठ खेलाडी, ओलम्पियन संगिता वैद्यले राजीनामा दिएको कुरा बाहिर आइरहेका छन् । मुलुकमा सबैतिर बेथिति नै बेथिति छ । अराजकता नै अराजकता छ । प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताउदै उनले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुन्छ भने आफूहरु तयार रहेको बताएका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?