Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भएः सांसद तामाङ


काठमाडौं। नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले सरकारले वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित भएका बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले सरकारको मुख्य काम थिति बसाल्ने र कानुनको कार्यान्वयन गर्ने भएपनि त्यसो हुन नसकेको बताउदै उनले सरकारले बरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरु आतंकित हुनु परेको बतायेका छन्।

सांसद तामाङले अन्य नियुक्तिहरुमा पनि वरियताक्रम मिच्ने काम भएको बताउदै प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका बताएका छन्। उनले मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको पनि बताएका छन् ।

उनले भने, ‘सरकारले गर्नुपर्ने मुख्य कुराहरु के हुन् ? थिति बसाल्ने कुरा हो । कानूनको कार्यान्वयन गर्ने कुरा हो । तर मुख्य सचिव बनाउँदाखेरी बरियताक्रम मिच्ने काम ग¥यो । जसको कारणले गर्दा अरु सचिवहरुले आतंकित हुनुपर्ने, राजीनामा दिनुपर्नेखालका कुराहरु आए । हिजो मात्रै खेलकुद परिषद् अन्तर्गत खेलकुद विभागमा वरियताक्रम मिचेर नियुक्ति गरेको कारणले वरिष्ठ खेलाडी, ओलम्पियन संगिता वैद्यले राजीनामा दिएको कुरा बाहिर आइरहेका छन् । मुलुकमा सबैतिर बेथिति नै बेथिति छ । अराजकता नै अराजकता छ । प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताउदै उनले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुन्छ भने आफूहरु तयार रहेको बताएका छन्  ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?