Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन इपिजी प्रतिवेदनलाई अघि बढाउनुपर्छः कानूनविद् अधिकारी


काठमाडौं । कानूनविद् डा. विपिन अधिकारीले नेपाल–भारतले ईपीजी प्रतिवेदन अघि बढाउन ढिलाई गर्न नहुने बताउनुभएको छ ।दुई मुलुकबीचको असमानतालाई हटाउन पनि सो प्रतिवेदन बुझ्ने र त्यसै अनुसार अघि बढ्ने काममा ढिलाई गर्न नहुने उहाँको भनाई थियो । सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को समिक्षात्मक टिप्पणी गर्दै कानूनविद अधिकारीले दुई मुलुकबीचका देखिएका असमानका सम्बन्धलाई सम्बोधन गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले नेपालको जलस्रोतलाई दुई मुलुकबीचको भूराजनीतिको विषय बनाउन नहुने पनि उल्लेख गर्नुभयो ।

कानूनविद् अधिकारीले भन्नुभयो, (‘नेपाल भारतीबीचको अनइक्वायल रिलेशन छ । हो, त्यसलाई सम्बोधन गर्नैपर्छ । यो जुन हाम्रो इपिजीको कुरा छ । यसलाई पनि टुंग्याउनु पर्छ । र वाटरलाई जियोपोलिटिकल टुलका रुपमा प्रयोग गर्नु हुँदैन । अब यति कुरा भयो भने हाम्रो सम्बन्धमा देखिएका इरिटेशनहरु बाँकि रहँदैन । यो त चुट्की बजाएर सबै समाधान हुन्छन् ।’

कानूनविद अधिकारीले नेपालले विगतमा पनि भारतसँग कमजोर ढंगले प्रश्तुत हुँदा विगतमा भएका असमान खालको सन्धि सम्झौता पुनरावलोकन हुन नसकेको जिकिर गर्नुभयो ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?