Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मन्त्रीले भने-‘फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला !’


काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ । शनिवार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गर्नुभयो । उहाँले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो । मन्त्री राईले कहिले काँही त राति अवेरसम्म मन्त्रीपरिषद बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री राईले भन्नुभयो, मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त । त्यो भएर कहिले काँही राति साँढे नौं बजेसम्म मन्त्रीपरिषद बैठकमा नै हुन्छु । यो सत्य कुरा हो । पत्रकार साथीहरुलाई यो कुरा थाहा हुन्छ । हामी साँढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरुलाई थाहा हुन्छ । अनि मलाई नभेटी नहुने नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईहरुको कुरा आओस । बिहान बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने विजी रहेछ । उठाई दिएन भनेर अन्यथा नठानि दिनुहोस् । मलाई डर यति छ । सबै भन्दा सजिलो नेता सांसद बनाएको । सबै भन्दा सजिलो मान्छे मन्त्री बनाएको । सबभन्दा अपm्ठ्यारो भयो । फोन पनि नउठाउने, भेट्न पनि नपाईने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने मलाई ठूलो त्राही छ हजुर । तपाईहरुले सहयोग गरिदिनु प¥यो । मन्त्री राईले किरात संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?