Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मन्त्रीले भने-‘फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला !’


काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ । शनिवार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आग्रह गर्नुभएको हो । कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई पटक पटक आग्रह गर्नुभयो । उहाँले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भएपनि आफूलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो । मन्त्री राईले कहिले काँही त राति अवेरसम्म मन्त्रीपरिषद बैठक नै बस्नुपर्ने भएकाले आफूले सबै फोन उठाउने सम्भावना नरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री राईले भन्नुभयो, मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त । त्यो भएर कहिले काँही राति साँढे नौं बजेसम्म मन्त्रीपरिषद बैठकमा नै हुन्छु । यो सत्य कुरा हो । पत्रकार साथीहरुलाई यो कुरा थाहा हुन्छ । हामी साँढे नौ बजेतिर प्रधानमन्त्री कार्यालयबाट निस्केको कुरा पत्रकार साथीहरुलाई थाहा हुन्छ । अनि मलाई नभेटी नहुने नभनी नहुने केही छ भने मेरो सचिवालयमार्फत तपाईहरुको कुरा आओस । बिहान बेलुका म फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने विजी रहेछ । उठाई दिएन भनेर अन्यथा नठानि दिनुहोस् । मलाई डर यति छ । सबै भन्दा सजिलो नेता सांसद बनाएको । सबै भन्दा सजिलो मान्छे मन्त्री बनाएको । सबभन्दा अपm्ठ्यारो भयो । फोन पनि नउठाउने, भेट्न पनि नपाईने भयो भनेर नराम्रो सन्देश गाउँगाउँ जाला भन्ने मलाई ठूलो त्राही छ हजुर । तपाईहरुले सहयोग गरिदिनु प¥यो । मन्त्री राईले किरात संस्कृति नेपालको अनुकरणीय संस्कृति भएकाले त्यसको संरक्षणमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?