Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत


११ चैत्र ,मोरङ । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उनिहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षीलाई नगद रु २१ हजार ११ हजार छन्‌ । साथै उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार एक सय ११, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारबाट राधादेवी मण्डल रु सात हजार एक सय ५१ रामपरिदेवी पत्रकार पुरस्कारबाट ब्रह्मदेव यादव रु पाँच हजार एक सय ११ र कौशल्या मुसहरी स्मृति पुरस्कारबाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताले आफ्नो मातृभाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताए। उनले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक भएको धारणा राखे। अध्यक्ष झाले मैथिली भाषामा गरिने अध्ययन, लेखन, बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार राखे ।

उनले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने योजना बनाएको जानकारी दिए।प्रतिनिधिसभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोबास गर्ने विपन्न मैथिली भाषीलाई शिक्षामा पहुँच पुर्याउन आवश्यक सहयोग गर्ने बताए । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार एक सय ११ को अक्षय कोष स्थापना गर्ने घोषणा गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापना गर्न राजनीतिक दलका नेतृत्वले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष नवीन कर्ण, महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले नेपालको दोस्रो ठूलो भाषा रहेको मैथिलीको विकासका लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने सुझाव दिए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?