Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत


११ चैत्र ,मोरङ । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ । मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उनिहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षीलाई नगद रु २१ हजार ११ हजार छन्‌ । साथै उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार एक सय ११, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारबाट राधादेवी मण्डल रु सात हजार एक सय ५१ रामपरिदेवी पत्रकार पुरस्कारबाट ब्रह्मदेव यादव रु पाँच हजार एक सय ११ र कौशल्या मुसहरी स्मृति पुरस्कारबाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताले आफ्नो मातृभाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताए। उनले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक भएको धारणा राखे। अध्यक्ष झाले मैथिली भाषामा गरिने अध्ययन, लेखन, बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार राखे ।

उनले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने योजना बनाएको जानकारी दिए।प्रतिनिधिसभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोबास गर्ने विपन्न मैथिली भाषीलाई शिक्षामा पहुँच पुर्याउन आवश्यक सहयोग गर्ने बताए । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार एक सय ११ को अक्षय कोष स्थापना गर्ने घोषणा गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापना गर्न राजनीतिक दलका नेतृत्वले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष नवीन कर्ण, महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले नेपालको दोस्रो ठूलो भाषा रहेको मैथिलीको विकासका लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने सुझाव दिए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?