Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

स्वास्थ्य मन्त्रीले भने-‘१ हप्ताभित्र सुधार योजना लिएर आउनुस्, नभए मार्ग प्रशस्त गर्नुस् !’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीहरुलाई भनेका छन् ।मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरुसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनासाथ आउन आग्रह गरे ।

‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘१ हप्ताभित्र प्रष्ट योजना लिएर आउनुहोला । द्रुत गतिमा सुधार ल्याउने गरी काम गरौं । म साथ दिन तयार छु ।’उनले स्रोतको मितव्ययी सदुपयोग गर्नका लागि समेत आग्रह गरे ।मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए । ‘सकेसम्म सुधार गरौं,’ उनले भने, ‘तर डुबाउने गरी (पदमा) नबसौं ।’देशमा आयुर्वेदबारे पर्याप्त अध्ययन अनुसन्धान समेत नभएको रिसर्च सेन्टर छैन आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट समेत सिकेर सुधार गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?