Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

संविधान दिवसमा कांग्रेसले अन्तरक्रिया गर्ने


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कानुन विभागको पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको बैठकले देहायका निर्णयहरु गरेको छ ।

यस्ता छन् निर्णय बैठकका निर्णयहरू:
नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई नेपाली कांग्रेस कानुन विभागको प्रमुखमा र प्रमुखको सिफारिशमा १० जना सदस्यहरु मनोनयन गर्नु भएकोमा आदरणीय सभापतिप्रति यो बैठक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले संविधान दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानून विभागको सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि जिम्मेवारी विभागका सदस्य कलमबहादुर खत्रीलाई दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले आफ्नो वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरी अर्को बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?