Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

संविधान दिवसमा कांग्रेसले अन्तरक्रिया गर्ने


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कानुन विभागको पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको बैठकले देहायका निर्णयहरु गरेको छ ।

यस्ता छन् निर्णय बैठकका निर्णयहरू:
नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई नेपाली कांग्रेस कानुन विभागको प्रमुखमा र प्रमुखको सिफारिशमा १० जना सदस्यहरु मनोनयन गर्नु भएकोमा आदरणीय सभापतिप्रति यो बैठक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले संविधान दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानून विभागको सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि जिम्मेवारी विभागका सदस्य कलमबहादुर खत्रीलाई दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले आफ्नो वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरी अर्को बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?