Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

डेंगीबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु


काठमाडौं । डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  ४ जनाको ज्यान गएको जानकारी गराएका छन्  । मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगी नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरु अघि बढाइरहेको मन्त्री पौडेलले बताएका छन्  ।

त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् । सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताए । जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रुपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको जानकारी दिएका छन् । उनले जापनिज इन्सेफलाइटिसको शंकास्पद केसको संख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?