Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इजिप्टबाट गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार


काठमाडौं । इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो ।

इजरायली जनताको ध्यान विचलित गर्न इजिप्टको नाम द्वन्द्वमा तान्न खोजेको आरोप इजिप्टले लगाएको छ । इजिप्टले इजरायली सरकारलाई यस्तो दाबी गर्ने परिणामको लागि जिम्मेवार ठहराएको छ । जसले क्षेत्रीय अवस्थालाई थप बिग्रनसक्ने चेतावनी दिएको छ ।

इजिप्टले यस क्षेत्रको शान्ति प्रक्रियाको नेतृत्व गर्न आफ्नो भूमिका निर्वाह गरिरहने मन्त्रालयले जनाएको छ । इजरायली सेनाले इजिप्ट–गाजा सीमामा रहेको १०० मिटर चौडा र १४ किलोमिटर लामो बफर जोन र रफाह क्रसिङको प्यालेस्टिनी पक्षलाई मे महिनामा नियन्त्रणमा लिएको थियो । जसले गर्दा सहायता ट्रकको प्रवेशमा रोक लगाइएको थियो ।

युद्धविराम वार्ताका कैयौं चरणहरूमा इजिप्टले बारम्बार इजरायली सेनालाई करिडोर र रफाह क्रसिङबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने मागलाई जोड दिएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?