Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

इजिप्टबाट गाजामा हतियार तस्करी गरेको इजरायलको दाबी इजिप्टद्वारा अस्वीकार


काठमाडौं । इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो ।

इजरायली जनताको ध्यान विचलित गर्न इजिप्टको नाम द्वन्द्वमा तान्न खोजेको आरोप इजिप्टले लगाएको छ । इजिप्टले इजरायली सरकारलाई यस्तो दाबी गर्ने परिणामको लागि जिम्मेवार ठहराएको छ । जसले क्षेत्रीय अवस्थालाई थप बिग्रनसक्ने चेतावनी दिएको छ ।

इजिप्टले यस क्षेत्रको शान्ति प्रक्रियाको नेतृत्व गर्न आफ्नो भूमिका निर्वाह गरिरहने मन्त्रालयले जनाएको छ । इजरायली सेनाले इजिप्ट–गाजा सीमामा रहेको १०० मिटर चौडा र १४ किलोमिटर लामो बफर जोन र रफाह क्रसिङको प्यालेस्टिनी पक्षलाई मे महिनामा नियन्त्रणमा लिएको थियो । जसले गर्दा सहायता ट्रकको प्रवेशमा रोक लगाइएको थियो ।

युद्धविराम वार्ताका कैयौं चरणहरूमा इजिप्टले बारम्बार इजरायली सेनालाई करिडोर र रफाह क्रसिङबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने मागलाई जोड दिएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?