Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा महिला लिगः आर्मीको फरालिको जित


काठमाडौं । विमला चौधरीको प्रेरणामा विभागीय टोली त्रिभूवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा सुखद् शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले लिगमा डेब्यु गरेको संकटा फुटबल क्लवमाथि ४–० जित निकालेको हो । अधिकांश काठमाडौंमा फुटबल खेल्ने खेलाडी सम्मिलित बनेको संकटाविरुद्ध विभागीय टोली आर्मी पूर्ण हाबी भयो । खेलको २२ औं मिनेटमा आर्मीले सावित्रीदेवि मगरको गोलबाट शुरुमै अग्रता लियो ।

चन्द्रा भण्डारीले दिएको बललाई सावित्रीले करिव ६ यार्डनजिकबाट गोल गरेकी हुन् । त्यससँगै आर्मी छिट्टै १–० ले अगाडि रह्यो । दबाबमा बनाइरहेको आर्मीले एकििपछ अर्को अवसर बुन्यो । तर पहिलो हाफमा गोल भने निस्किएन ।

दोस्रो हाफमा पनि विभागीय टोलीले दबाब बनायो । ६० औं मिनेटमा विमला चौधरीले अर्को गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । चन्द्रा भण्डारीले संकटाका गोलकिपर र डिफेन्डरलाई बिट गर्दै दिएको पासमा विमलाले सहजै गोल गरिन् । ७१ औं मिनेटमा आर्मीले तेस्रो गोल ग¥यो ।

विमले चौधरीको कर्नर प्रहारमा संकटाका डिफेन्डर सजक नहुँदा सीधै गोलमा परिणत भएको हो । विमलाको प्रहार अनुसा थेबेले रोक्न खोज्दा जाली चुम्यो । आर्मीले ७७ औं मिनेटमा टोलीको अग्रता ४–० मा पु¥यायो ।
चन्द्रा भण्डारीको पासमा अनिता लम्जेलले करिव आठ यार्डबाट खाली पोस्टमा गोल गरिन् ।

यसअघि मंगलवार विभागीय टोली नेपाल पुलिस र एपिएफबीचको खेल गोलरहित बराबरीमा सकिँदा तेस्रो विभागीय टोलीले भने जित निकालेको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?