Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

एन्फा महिला लिगः आर्मीको फरालिको जित


काठमाडौं । विमला चौधरीको प्रेरणामा विभागीय टोली त्रिभूवन आर्मी क्लवले जारी एन्फा महिला लिगमा सुखद् शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा आर्मीले लिगमा डेब्यु गरेको संकटा फुटबल क्लवमाथि ४–० जित निकालेको हो । अधिकांश काठमाडौंमा फुटबल खेल्ने खेलाडी सम्मिलित बनेको संकटाविरुद्ध विभागीय टोली आर्मी पूर्ण हाबी भयो । खेलको २२ औं मिनेटमा आर्मीले सावित्रीदेवि मगरको गोलबाट शुरुमै अग्रता लियो ।

चन्द्रा भण्डारीले दिएको बललाई सावित्रीले करिव ६ यार्डनजिकबाट गोल गरेकी हुन् । त्यससँगै आर्मी छिट्टै १–० ले अगाडि रह्यो । दबाबमा बनाइरहेको आर्मीले एकििपछ अर्को अवसर बुन्यो । तर पहिलो हाफमा गोल भने निस्किएन ।

दोस्रो हाफमा पनि विभागीय टोलीले दबाब बनायो । ६० औं मिनेटमा विमला चौधरीले अर्को गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । चन्द्रा भण्डारीले संकटाका गोलकिपर र डिफेन्डरलाई बिट गर्दै दिएको पासमा विमलाले सहजै गोल गरिन् । ७१ औं मिनेटमा आर्मीले तेस्रो गोल ग¥यो ।

विमले चौधरीको कर्नर प्रहारमा संकटाका डिफेन्डर सजक नहुँदा सीधै गोलमा परिणत भएको हो । विमलाको प्रहार अनुसा थेबेले रोक्न खोज्दा जाली चुम्यो । आर्मीले ७७ औं मिनेटमा टोलीको अग्रता ४–० मा पु¥यायो ।
चन्द्रा भण्डारीको पासमा अनिता लम्जेलले करिव आठ यार्डबाट खाली पोस्टमा गोल गरिन् ।

यसअघि मंगलवार विभागीय टोली नेपाल पुलिस र एपिएफबीचको खेल गोलरहित बराबरीमा सकिँदा तेस्रो विभागीय टोलीले भने जित निकालेको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?