Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

ऐतिहासिक पदक विजेता पलेशाको भव्य स्वागत (फोटो फिचर )


काठमाडौं । पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ ।

त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए । बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो ।

 


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?