Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक


काठमाडौं । नेपालमा मानवीय कामहरुलाई व्यवस्थित बनाउनको लागि छुट्टै रेडक्रस कानून आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

बुधवार नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले यस्तो बताएका छन् । उनले मुलुकमा समयअनुसार फरक प्रकृतिका मानवीय संकटहरु देखापर्दै गएकाले समयानकुलको सेवा प्रदान गर्नेको लागि कानून आवश्यक रहेको बताए । महामन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले कानूनको अभावमा पछिल्लो समय धेरै समस्याहरु भोग्दै आएको बताएका छन्।

महामन्त्री भूपतिलाल श्रेष्ठले सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिदै कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउनसके मात्रै मानवीय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्न सकिने बताए । उनले समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानूनको अरिहार्य आवश्यक भएको दाबी गरे। उनले नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरु र उपलब्धीहरु गर्दै आएको पनि बताएका छन् ।

उनले भने,‘नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय भोग्दै आएका अनुभवहरु छन् । सबै रेडक्रसकर्मीहरुको चाहना रेडक्रस कानूनमार्फत रेडक्रसका कामहरुलाई व्यवस्थित गर्नुपर्छ । कानूनी रुपमा रेडक्रसका कामहरुलाई व्यवस्थित बनाउन सक्यौं भने मात्रै मानविय सिद्धान्त र आधारभुत मान्यताहरु पूरा गर्नसक्छौं । समुदायमा सहज रुपमा सेवा प्रवाह गर्न पनि रेडक्रस कानूनको अपरिहार्य आवश्यक छ । कानून बनाउने सन्तोषजनक प्रगति हुन सकेको छैन । स्थापना दिवसको अवसरमा रेडक्रसकर्मीहरुले रेडक्रस कानून आवश्यक रहेको सन्देश जारी गरेका छौं । सोसाइटीले सबैको सद्भावपूर्ण सहयोगको अपेक्षा राख्ने छ । नेपाल रेडक्रस सोसाइटीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कमाएको खातीहरु र उपलब्धीहरु धेरै गरेको छ ।’

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले अहिलेको नेतृत्व कमिटी निर्वाचित भएर आएको भन्दै काम नगर्ने भन्ने विषयमा दुविधामा नरहन आग्रहगर्दै उनले अहिलेको कमिटी तदर्थ समिति नभई निर्वाचित भएर आएको भन्दै सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।

उनले सोसाइटीले समाजमा परिणाम देखिने गरी काम गर्नु आवश्यक रहेको बताउदै समाजमा परिणाम देखिने गरी काम गरे मात्रै समाजले फाइदा पाउने बताए । सोसाइटीले पछिल्लो एक वर्षमा बाढी,पहिरो र चट्याङ्का कारण समस्यामा परेका १५ सय ७९ परिवारलाई ५० लाख बराबरको नगद र गैरखाद्य राहत सामग्रीहरु वितरण गरिएको जनाएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?