Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

एनआरएनए युएईले भलिबल प्रतियोगिता आयोजना गर्ने, प्रथम पुरस्कार ७ हजार ७७७ दिराम


 ११ चैत्र, काठमाडाैँ । एनआरएनए युएईको खेलकुद विभागले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आउदो २ अप्रिल तारिक आइतबारका दिन भलिबल प्रतियोगिता सञ्जालन हुने एनआरएनए युएईले फेसबुकमार्फत जानकारी दिएको छ ।

भलिबल प्रतियोगिता सञ्जालन हुनेबारे जानकारी दिँदै एनआरएनए युएईलेे खेलमा सहभागी हुन युएईमा क्रियाशिल विभिन्न संघसंस्था तथा क्लबलाई अनुरोध पनि गरेको छ ।

उक्त प्रतियोगिताको विजयी टोलीले ७ हजार ७७७ दिराम सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, दोश्रो हुनेले ४ हजार ४४४ दिराम सहित प्रमाणपत्र प्राप्त गर्दा तेश्रो हुनेले २ हजार २२२ दिराम सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइएको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भिस र बेस्ट लिब्रो अवार्ड रहेका छन् ।

उक्त खेल २ अप्रिल बिहान ८ बजेदेखि अल्कुज बलेदिया मैदान- दुबईमा हुने जानकारी दिइएको छ । टोली दर्ता शुल्क भने ७०० दिराम तोकिएको छ । टोली दर्ताका लागि 0501090844, 0564558563 मा सम्पर्क गर्न सकिनेछ ।

आयोजकले तोकेका खेलका केही नियमहरु यस प्रकार रहेका छन:-
१. खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियम अनुसार खेल खेलाईने छ।
२. एक टिममा १० जना खेलाडी अनिवार्य हुनुपर्नेछ, विदेशी खेलाडी खेल्न पाईने छैन।
३. खेलमा कुनै विवाद वा प्राबिधिक गल्ती भएमा रेफ्रीबाट गरिने निर्णय अन्तिम हुनेछ भने त्यस्तो कुनै पनि खेल सम्बन्धी विवाद आएमा आयोजक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ।
४. खेल मैदानमा खेलाडी तथा दर्शक कसैले पनि आयोजक, खेल र खेलाडीलाई असर पुग्ने अपशब्द तथा मदिरा सेवन गरी खेल अवरोध गर्न खोजेमा वा अभद्र व्यबहार गरेमा सो व्यक्तिलाई UAE प्रसासनको जिम्मा लगाइनेछ।
५. खेल खेल्ने क्रममा कसैलाई चोटपटक लागेमा आयोजक जिम्मेवारी हुनेछैन।
६. सम्पुर्ण खेलाडीहरुले अनुशासन पुर्वक आफ्नो खेल क्षमता प्रदर्शन गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
७. टाइसिट अनुसारको सहभागी टिम तोकिएको समयमा उपस्थित भै खेल खेल्नु पर्नेछ l खेल समय आयोजकले पुर्व जानकारी गराउने छ र सो समयमा दुवै टिम अनिवार्य उपस्थित हुनु पर्नेछ यदि तोकिएको समयमा उपस्थित हुन नसकेमा सो टिम स्वत खेलबाट बाहिरिने छ।
८. खेल A र B पोल सिस्टममा हुनेछ ।
९• १० टिम भन्दा धेरै दर्ता हुनेछैन


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?