Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एनआरएनए युएईले भलिबल प्रतियोगिता आयोजना गर्ने, प्रथम पुरस्कार ७ हजार ७७७ दिराम


 ११ चैत्र, काठमाडाैँ । एनआरएनए युएईको खेलकुद विभागले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आउदो २ अप्रिल तारिक आइतबारका दिन भलिबल प्रतियोगिता सञ्जालन हुने एनआरएनए युएईले फेसबुकमार्फत जानकारी दिएको छ ।

भलिबल प्रतियोगिता सञ्जालन हुनेबारे जानकारी दिँदै एनआरएनए युएईलेे खेलमा सहभागी हुन युएईमा क्रियाशिल विभिन्न संघसंस्था तथा क्लबलाई अनुरोध पनि गरेको छ ।

उक्त प्रतियोगिताको विजयी टोलीले ७ हजार ७७७ दिराम सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, दोश्रो हुनेले ४ हजार ४४४ दिराम सहित प्रमाणपत्र प्राप्त गर्दा तेश्रो हुनेले २ हजार २२२ दिराम सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइएको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भिस र बेस्ट लिब्रो अवार्ड रहेका छन् ।

उक्त खेल २ अप्रिल बिहान ८ बजेदेखि अल्कुज बलेदिया मैदान- दुबईमा हुने जानकारी दिइएको छ । टोली दर्ता शुल्क भने ७०० दिराम तोकिएको छ । टोली दर्ताका लागि 0501090844, 0564558563 मा सम्पर्क गर्न सकिनेछ ।

आयोजकले तोकेका खेलका केही नियमहरु यस प्रकार रहेका छन:-
१. खेल अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियम अनुसार खेल खेलाईने छ।
२. एक टिममा १० जना खेलाडी अनिवार्य हुनुपर्नेछ, विदेशी खेलाडी खेल्न पाईने छैन।
३. खेलमा कुनै विवाद वा प्राबिधिक गल्ती भएमा रेफ्रीबाट गरिने निर्णय अन्तिम हुनेछ भने त्यस्तो कुनै पनि खेल सम्बन्धी विवाद आएमा आयोजक मण्डलको निर्णय नै अन्तिम निर्णय हुनेछ।
४. खेल मैदानमा खेलाडी तथा दर्शक कसैले पनि आयोजक, खेल र खेलाडीलाई असर पुग्ने अपशब्द तथा मदिरा सेवन गरी खेल अवरोध गर्न खोजेमा वा अभद्र व्यबहार गरेमा सो व्यक्तिलाई UAE प्रसासनको जिम्मा लगाइनेछ।
५. खेल खेल्ने क्रममा कसैलाई चोटपटक लागेमा आयोजक जिम्मेवारी हुनेछैन।
६. सम्पुर्ण खेलाडीहरुले अनुशासन पुर्वक आफ्नो खेल क्षमता प्रदर्शन गर्नु हुन हार्दिक अनुरोध गरिन्छ।
७. टाइसिट अनुसारको सहभागी टिम तोकिएको समयमा उपस्थित भै खेल खेल्नु पर्नेछ l खेल समय आयोजकले पुर्व जानकारी गराउने छ र सो समयमा दुवै टिम अनिवार्य उपस्थित हुनु पर्नेछ यदि तोकिएको समयमा उपस्थित हुन नसकेमा सो टिम स्वत खेलबाट बाहिरिने छ।
८. खेल A र B पोल सिस्टममा हुनेछ ।
९• १० टिम भन्दा धेरै दर्ता हुनेछैन


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?