Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै इजरायलभर विरोध प्रदर्शन


काठमाडाैं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।

लगभग ७ लाख मानिसहरूले मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय ¥यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको घोषणा गरेपछि बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो ।

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेपछि विरोध प्रदर्शन भएको हो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायली समुदायहरूमा हमासको आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो । जसमा करिव हजार २ सय व्यक्तिको मृत्यु भएको थियो भने लगभग २५० अन्यलाई पक्राउ गरिएको थियो ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?