Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै इजरायलभर विरोध प्रदर्शन


काठमाडाैं । गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।

लगभग ७ लाख मानिसहरूले मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय ¥यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको घोषणा गरेपछि बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो ।

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेपछि विरोध प्रदर्शन भएको हो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायली समुदायहरूमा हमासको आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो । जसमा करिव हजार २ सय व्यक्तिको मृत्यु भएको थियो भने लगभग २५० अन्यलाई पक्राउ गरिएको थियो ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?