Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

फिलिपिन्समा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु


काठमाडाैं । फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।

आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ । फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष देशमा आएको पाँचौं आँधी हो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा टाइफुन आउँछन् । द्वीपसमूह उष्णकटिबन्धीय चक्रवातहरूको लागि जोखिममा छ ।

२०१३ मा हैयान टाइफुनले ६ हजार ३ सय जनाको ज्यान लियो । देशमा अनुमानित १२.९ बिलियन अमेरिकी डलर क्षति भएको थियो ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?