Trending
>>   आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल >>   भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा >>   राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित >>   पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा >>   गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा >>   मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन >>   सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यकः पूर्वराष्ट्रपति भण्डारी >>   गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया >>   क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Logo
२० जेष्ठ २०८२, मंगलवार
२० जेष्ठ २०८२, मंगलवार

विभिन्न कार्यक्रम गरी मनाइयो १५९ औं मोती जयन्ती


काठमाडाैं । १५९ औं मोती जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सोमवार युवाकवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती काठमाडौंसहित देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको हो । नेपाली शिक्षा परिषद्द्वारा आयोजित कार्यक्रममा युवावर्ष मोती पुरस्कार समेत प्रदान गरिएको छ । यस वर्षको युवावर्ष मोती पुरस्कार युवा, बाल साहित्यकार केदार श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा कविहरुले आफ्ना रचनाहरु वाचन गरेर युवाकवि भट्टको स्मरण गरेका थिए ।

राष्ट्रिय विभूति भट्टको वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुुेऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?