Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छुः इजरायलका लागि प्रश्तावित राजदुत पण्डित


काठमाडाैं । इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाई थियो । प्रश्तावित राजदुत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताएका छन्  ।

उनले भने,‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछाँै । इजरायलीहरुले नेपालीहरुको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’

प्रश्तावित राजदुत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताएका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?