Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छुः इजरायलका लागि प्रश्तावित राजदुत पण्डित


काठमाडाैं । इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाई थियो । प्रश्तावित राजदुत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताएका छन्  ।

उनले भने,‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछाँै । इजरायलीहरुले नेपालीहरुको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु । सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ । त्यसका लागि आइटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु ।’

प्रश्तावित राजदुत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताएका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?