Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि पहल गर्छुः प्रश्तावित राजदुत डा. तिमिल्सिना


काठमाडाैं । मलेसियाका लागि प्रश्तावित राजदुत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन्  ।

मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारेका छन्  । सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा विचौलियाहरुले श्रमिकहरुलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताएका छन्  । उनले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरुको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको बताएका छन् ।

प्रश्तावित राजदुत तिमिल्सिनाले भने, ‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेवलको भिजिट मलेसियाबाट चाँही गृहमन्त्रीको लेवलको भिजिट चाँही उनीहरुको चासो छ भन्ने मैले सुनेको छु । तर प्राईमिनिष्टरको लेवलको हामीले त्यो गर्न सक्यौ भने जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रुपमा मानिदो रहेछ । त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढने ? मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ । यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यान पावर कम्पनी हुने । अनि, यहाँको म्यान पावरले उहाँ विचौलियो राखेको हुन्छ । र, त्यो विचौलियाले त्यहाँ सिन्डीकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन । यहाँ खान्छ, उहाँ गएपछि त्यही खान्छ । त्यो मलेशियाका दुतावासतिर यहाँहरु जानु भएको छ कि छैन ? त्यहाँ स्याउस्याउती विचौलियाहरु हुन्छन रे । जताततै ठग्ने काम गर्दछन रे । म एकदमै अपm्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन–म कति टिक्न सक्छु । यहाँहरुले बिचैमा तँ फेल भईस्, आइजा भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ । यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ । त्यसले सरकारले सहयोग गर्नुपर्छ ।’

प्रश्तावित राजदुत तिमिल्सिनाले मलेसियामा श्रम नीति अनुसारको कुटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताएका छन्  ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?