Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो


काठमाडाैं ।  विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानून समितिमा दफावार छलफल सकिएको छ ।

सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानून मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिएकी छिन् । समितिको अब बस्ने बैठकमा मस्यौदा प्रश्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताइन ।

समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानून बनाउने कुरालाई व्यवस्थित गर्ने बताएका छन् । उनले विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने बताएका छन् ।

उनले भने, ‘संशोधनको प्रक्रिया सर्वसम्मत रुपमा अघि बढेको अवस्था छ । यसले विधायन सम्बन्धी कानून बनाउने कुरालाई प्रवन्धन गर्नेकुरा व्यवस्थित गर्नेछ । यस विधायनले कानून बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढंगले अनुसन्धान र मूल्यांकन गरेर अन्य लोकतान्त्रिक देशहरुमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने काम गर्दछ ।’

दफावार छलफलका क्रममा सांसदहरुले सशक्त रुपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?