Trending
>>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत >>   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी >>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

पर्यटन नीति परिवर्तन गर्ने संघारमा छौँ : पर्यटनमन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताएका छन् ।

सोमवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गरेका छन्। उनले संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गरेका छन्। उनले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताए ।

उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको बताउदै उनले पर्यटन मन्त्रालय भुमिका,कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताएका छन् । उनले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यकता रहेको बताउदै निजी क्षेत्रको सक्रियता विना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने उल्लेख गरेका छन् । उनले मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताए । मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

उनले भने,‘अहिले पर्यटन क्षेत्रमा चुनौती देखिएको छ । पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक छ । संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । भुमिका,कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव छ । निजी क्षेत्रको प्रोएक्टिभ ढङ्गले अग्रसरताका साथ यो मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन । मुलुकको पर्यटन क्षेत्रको विकास हुँदैन । मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउँछौं । मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढ्नेछ । निजी क्षेत्रले काम गर्दा सरकारले बनाएका नीतिमा भएका समस्यालाई परिमार्जन गर्न सहयोग गर्नुस् । सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा छ । संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको छ । त्यसमा पनि निजी क्षेत्रका सुझावहरु आउन् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताए । उनले पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको बताए । उनले मन्त्रीहरु ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको उल्लेख गरेका छन् । उनले सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेको स्वीकार गरेका छन् । उनले सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने,‘सरकार अहिले पनि रफ्तार समाउन सकेको छैन । सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेका छैनन् । सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता छ । पर्यटन क्षेत्रले नै मुलुकमा युवाहरुलाई रोक्न सक्छ ।’

उनले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताए ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?