Trending
>>   चोरी पैठारी नियन्त्रण गर्न लिइएको रणनीति सह्रानियः अध्यक्ष अग्रवाल >>   राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन >>   टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु >>   चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक >>   राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित >>   एन्फा महिला लिग फुटबलमा संकटाको पहिलो जित, कोशीको पहिलो हार >>   इन्द्रजात्राको पूर्वतयारीमा वसन्तपुर (तस्बिरहरु) >>   मौसम :मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल भदौ २७ गते बिहिबार, हेर्नुहोस आजको राशिफल >>   सभामुखको रुलिङप्रति माओवादीको आपत्ति, प्रतिनिधि सभा बैठक आगामी आईतवार बस्ने
Logo
२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

चितवनमा डेङ्गी संक्रमणबाट एक जनाको मृत्यु


चितवन । डेङ्गी संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?