Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन


काठमाडौँ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औँसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै छ ।

‘पितृदेवो भव:’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । भाद्र कृष्ण औँसीकै दिन वर्षभर देव कार्य, पितृ कार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ।

हिन्दुहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ। औँसी बाहेकका दिन उखेलिएको कुश भने त्यस दिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ।

कुशे ‍‍औँसीका दिन काठमाडौँको गोकर्णेश्वरमा ठुलो मेला लाग्छ । जस कारण आजको दिनलाई गोकर्ण ‍‍औँसीको नाम पनि दिइएको छ। कुशे ‍‍औँसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरू मोक्ष भई स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।

आजको दिन काठमाडौँमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरूमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।

पशुपति, गौरीघाट, देवघाट लगायतका तीर्थस्थलहरूमा पनि भक्तजनहरूको भीड रहेको छ ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?