Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

एन्फा महिला लिगमा कोशीको सुखद् शुरुवात


काठमाडौं ।कोशी प्रदेशले आईतवार वालिङ नगरपालिकामाथि फराकिलो जित निकाल्दै एन्फा महिला फुटबल लिगमा सुखद् शुरुवात गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको उद्घाटनमा खेलमा कोशीले वालिङमाथि ४–० गोलअन्तरको जित निकाल्दै लिगमा सुखद् शुरुवात गरेको हो । कोशीको जितमा समीक्षा मगरले दुई तथा सन्जुमाया तामाङ र प्रतिक्षा राईले समान एक गोल गरे । कोशीले पहिलो हाफमा एक गोल गर्यो  । दोस्रो हाफमा थप आक्रामक बन्दै कोशीले तीन गोल थपेपछि वालिङले फराकिलो हार सामना गर्नुपर्यो । खेलको दशौं मिनेटमा नै सञ्जुमायाले कोशीलाई अग्रता दिलाइन् ।

कोशी समीक्षा मगरले राइट साइडबाट गरेको क्रस वालिङका डिफेन्डरले क्लियर गर्न सकेनन् । सोही बल नियन्त्रणमा लिँदै पूर्णिमा राईले दिएको कट पासमा सदुपयोग गर्दै सन्जुमायाले नजिकै दूरीबाट गोल गरिन् । यो गोलले नै पहिलो हाफमा कोशीले अग्रता लियो । दोस्रो हाफमा खेलमा फर्किने लक्ष्य लिएको वालिङ उल्टै तीन गोल सामना ग¥यो । ५१औं मिनेटमा समीक्षाले नै गोल गर्दै अग्रता दोब्बर बनाइन् । उनले करिब २२ यार्ड टाढाबाट सुन्दर गोल गरिन् । ५७औं मिनेटमा वालिङकी सुक्रिया मियाले गरेको सशक्त फ्रिकिक प्रहारले सफलता पाउन सकेन ।

करिब २५ यार्डबाट उनको उत्कृष्ट प्रहार कोशीकी गोलकिपर रन्जु राजवंशीले पन्च गर्दै बाहिर पठाइदिइन् । लगत्तै कर्नर प्रहारमा पनि वालिङले अवसर खेर फाल्यो । ५९ औं मिनेटमा समीक्षाले दोस्रो गोल गर्दै कोशीलाई सहज अवस्थामा पु¥याइन् । कप्तान सिमरन राईले लामो दूरीबाट गरेको फितलो प्रहारमा वालिङकी गोलकिपर राधिका ओली सजक हुन नसक्दा ड्रप बल हेडिङ गर्दै समीक्षा गोल गरेकी हुन् । ६९औं मिनेटमा कोशीले आत्मघाती गोल उपहार पायो । राइट साइडबाट कोशीकी प्रतीक्षा राईले दिएको कट पास रोक्न क्रममा वालिङकी यामकुमारी बिकले आफ्नै पोस्ट गोल गर्न पुगिन् ।

त्यसपछि दुवै तर्पबाट गोलको प्रयास भए पनि सफल भएन र कोशीले फराकिलो जित आत्मसात गर्यो । जितसँगै कोशीले लिगमा तीन अंक जोडेको छ । कुल १० टोलीको सहभागिता रहेको लिग दुई चरणमा हुनेछ । यसपल्ट १० टोलीबीच सिंगल राउन्ड रोबिनको आधारमा ४५ खेल हुनेछ । यो राउण्डबाट उत्कृष्ट पाँच टोली दोस्रो राउण्डमा छनोट हुनेछन् । दोस्रो चरणमा डबल राउण्ड रोबिनमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछ । सुपर लिगबाट उत्कृष्ट चार टोली छनोट हुने र सुपर लिगमा क्वालिफायर, एलिमिनेटर र फाइनल चार खेल खेल्नेछन् ।

यसैबीच कुल ६९ खेल खेल हुनेछन् । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला (शनिवार) र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको विजेतालाई १० लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टिमलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान ५० हजार रुपैयाँ प्रदान गरिने शाहले जानकारी गराए । हरेक खेलका प्लेयर अफ द म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?