Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता छः मन्त्री चौधरी


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताएका छन् ।

मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गरेको हो । वीरगञ्जको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रंगशाला पुनः निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताएका छन् ।

रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रंगशालाको पुनः निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले प्रतिवद्धता जनाएका छन् । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने बताएका छन् । उनले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताएका छन् ।

मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवालले जिर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित बनाउन संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नारायणी रंगशाला जिर्ण हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताए । रंगशाला पुनःनिर्माण भएपछि मधेस प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिने जानकारी छन् दिएका छन् । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा र खेलाडीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?