Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

प्रचण्डलाई प्रधानमन्त्री ओलिको प्रश्नः मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएको भन्दै मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? भनि प्रश्न गरका छन् । उनले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताएका छन् । उनले दाहाल आफैँलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे।

उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताएका छन् । उनले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताएका छन् । उनले नेपालमा अब कुनैपनि प्रकारको हिंसा सम्भव नभएको पनि बताएका छन् ।

उनले भने,‘हिजोतिर हो क्यारे प्रचण्डजीले श्रीलङ्का र बंगलादेशबाट सिक भनेर अर्ति, उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र खुट्टा कमाउनु ? मैले डराउनुपर्ने, श्रीलङ्काबाट सिक, बंगलादेशबाट सिक जो चर्को स्वरमा भन्दै हुनुहुन्छ, राम्ररी सिक । म भन्न चाहन्छु, राम्ररी सिक । बेथिति चलाउन सकिँदैन आजको समयमा । चलाउनु हुँदैन । बंगलादेशमा केही भयो भनेर नेपालमा त्यही हुन्छ, नेपाल कुनै देशको फोटोकपि मेसिन होइन । यहाँ आफ्नो इतिहास छ । आफ्नो परम्परा छ । प्रजातन्त्र हामीले लडेर ल्याएका हौँ । मैले संविधानमा यस्तो लेखिएको छ भन्ने भन्दापनि बोल्दाखेरी संविधानमा हामीले यस्तो लेखेका छौँ भनेर बोल्छु र त्यो हैसियत राख्छु । किनभने अहिलेको संविधान हामीले लेखेको हो । त्यसकारण संविधानमा यस्तो लेखिएको छ मात्रै होइन हामीले यस्तो लेखेका छौँ, संविधानमा । यस कानुनमा हामीले यस्तो लेखेका छौँ । यो प्रणाली हामीले यसरी–यसरी ल्याएका हौँ । यसरी व्यवस्था गरेका हौँ । यसलाई यसरी विकास गर्दै लान्छौँ । सुधार गर्दै लान्छौँ । परिमार्जन गर्दै लान्छौँ । यसलाई देश र जनताको पक्षमा अझ प्रभावकारी बनाउँदै जान्छौँ । यो प्रणालीलाई पनि । यो संविधानलाई पनि । देश र जनताको पक्षमा बनाउँदै लान्छौँ । अब कहिल्यै पनि नेपालमा त्यस प्रकारको हिंसा सम्भव छैन । त्यसप्रकारको हिंसा हुन दिइँदैन । कसैले गर्न खोजेपनि, चाहेपनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ? हामी त सधैँ बारुद माथि नै, बारुदका बिचमै यात्रा गरेर आएका हौँ । आजदेखि होइन । आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताउदै त्यसभन्दा हप्ता दिन अगाडी नै प्रधानमन्त्री पद छोड्ने बताउए। उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको बताएका छन् ।

उनले भने, ‘मैले सधैँ मै नेतृत्व गर्छु नेपालको । मै प्रधानमन्त्री हुन्छु अब भनेर हुन्छ अब ? मलाइ मन नपराउनेहरुका लागि म खुशीको खबर भन्दिनँ चाहन्छु, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ । मन नपराउनेहरुलाई खुशीको कुरो । त्योभन्दा पनि अलि हप्तादिन अगाडी नै छोड्छु भनेको छु मैले । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेकपा(एमाले) र नेपाली काँग्रेसका बीचमा भएको सात बुँदे सहमती क्याप्टेन रामेश्वर थापाको घरमा गरेको बताएका छन् । उनले क्याप्टेन थापाको विभिन्न व्यवसायहरु भएपनि व्यवसाय मात्रै चलाएर नबसेको भन्दै उहाँ सचेत नागरिक समेत भएको बताउनु भयो ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?